
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२, नेत्रगन्ज, पुर्नबासका ४५ वर्षीय ‘राजु’ भनिने उमेश पासवान रहेका छन् ।
पासवानलाई बुधबार जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलनगरी सार्वजनिक गरिएको हो ।
पिडारीबजारमा रहेको जय माँ भगवती ज्वेलर्सका सन्चालक कबिलासी नगरपालिका–२, पिपरीयाका २७ वर्षीय सुनिल साहको गत असोज २४ गते पसल बन्द गरेर बुवा नागेन्द्र साहसँगै घर फर्कनेक्रममा पिडारी र पिपरीया गाउँको बीचमा गोली हानी हत्या गरिएको थियो ।
सो घटनापछि भारतमा लुकिछिपी बस्दै आएका पासवानलाई घर आएको मौकापारी विशेष सुराकीको आधारमा पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रमुख एसपी मसउद आलम खाँले जानकारी दिए ।
पासवानविरुद्ध सर्लाही, सिरहा र रुपन्देही जिल्ला अदालतमा संगठित अपराध, ज्यान मार्ने उद्योग, चोरीजस्ता मुद्दा विचाराधीन रहेका छन् ।
प्रहरीले सुनचाँदी व्यवसायी साहको हत्यामा संलग्न रहेका चारजना अभियुक्तलाई गत कात्तिकमा नै पक्राउ गरी सार्वजनिक गरेको थियो ।
सो हत्यामा संलग्न अरु तीनजना फरार रहेका र उनीहरुको खोजी भइरहेको एसपी खाँले बताए ।
प्रतिक्रिया दिनुहोस्