
महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार सार्वजनिक गरेका अभियुक्तहरुमा भोला तामाङ, चन्द्रबहादुर सापकोटा, सन्तोष घिमिरे, दिवस गड्तौला र सुदीप बजगाइँ रहेका छन् ।
उनीहरु सबै काठमाडौंभित्र चल्ने गाडीका चालक र सहचालक रहेको काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले बताए ।
उनीहरुले बसमा चढेकी किशोरी बसमै निदाएको मौका छोपेर बन्धक बनाएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ ।
बौद्धिक अपांगता भएकी ती किशोरीलाई चालक र सहचालकको सो समूहले विभिन्न ठाउँ फेर्दै बलात्कार गरेको तथा कोठामै दिसा–पिसाब गराउने गरेको पाइएको पनि प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न सार्वजनिक
पत्रकार सम्मेलनमा काठमाडौंको नयाँबानेश्वरस्थित देवीनगरमा सर्लाहीका पुरुषोत्तम सेढाइँको हत्या गर्ने समूहका अशोक लिम्बू, रोहित चौधरी र सन्जीव राईलाई पनि सार्वजनिक गरिएको थियो ।
मादकपदार्थ सेवन गरी भएको झगडामा सेढाइँमाथि छुरा प्रहार भएको र उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारकाक्रममा मृत्यु भएको जनाइएको छ ।
पक्राउ पर्नेहरु तीनैजना झापा घर भइ काठमाडौंको देवीनगरमा बस्दै आएका थिए ।
उनीहरुमाथि कर्तव्य ज्यानअन्तर्गत् मुद्दा चलाएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्