हरिविनोद अधिकारी । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन नेपाल सरकारले सार्वजनिक गर्नुपर्ने थियो किनभने सो प्रतिवेदन प्रधानमन्त्रीसमक्ष २०७५साल माघ १ गते नै हस्तान्तरण गरिएको थियो । २०७५ साल माघ १ गते हस्तान्तरित प्रतिवेदन आजको मितिसम्म पनि सरकारले सार्वजनिक गरेको छैन । तर २०७७ मंसिर २० गते शुक्रवार आयोगकै बहुमत सदस्यहरुबाटै त्यो प्रतिवेदन हुबहु सार्वजनिक भयो…