सत्ता र शासक कसरी ढल्यो र ढल्छ ? « Image Khabar


सत्ता र शासक कसरी ढल्यो र ढल्छ ?


Imagekhabar
९ मंसिर २०७७, मंगलवार ०८:२८

लाओस राई

जर्मनमा हिटलरको शासन अन्त्य हुँदा यहुदीहरुले क्रुरआतंक र एक तानाशाहको समाप्त भयो । फाँसीबादको अन्त्य भयो । अब जर्मन र जर्मनीहरु तानाशाहको पन्जाबाट मुक्त भए । जर्मन जनताले त्यही भनेका थिए । हिटलर बिरोधी देशले पनि त्यही भन्यो, जुन जर्मन जनताले भनेका थिए । नरसंहारकारी, आतंकको पर्यायी हिटलरको अन्त्य हुँदाखेरि धेरै जर्मनीहरुले खुशी मनाउँदै भने भविष्यमा जर्मनले आतंक, क्रुरता र नरसंहार देख्नु नपरोस ।

अझै पनि जर्मन जनताले शान्तिका निम्ति प्राथना गरिरहेका छन् भन्ने प्रसङ्ग जर्मनमा अध्ययन गरि फर्किएका नेपाली विधार्थीहरुले सुनाउँछन् । जर्मनी घटना जस्तै मिल्दोजुल्दो अर्का घटना इटालीको पनि रहेछ । मुसलिनोको नेतृत्वमा इटाली तहसनहस भएको कुरा इतिहासले बोलेको छ । राष्ट्रवादको मुकुण्डो लगाएर फाँसीवाद जन्माउने मुसोलिनो एक जमानाम राष्ट्रवाद र राष्ट्रप्रेम जस्ता देशभक्ति भावना दर्शाउनु र फैलाउन सफल भए । जव मुसोलिनो सत्तामा पुगे, इटालीको नेतृत्व गर्न थाले त्यसबेला उनले विरोधीको सफाया अभियान संचालन गरे । लाखौं विरोधीको हत्या गरे । त्यसपछी उनले राष्ट्रवादलाई फाँसीवादमा ढाले र फाँसीवादको जन्मदाता बने । पछी जनबिद्रोहले उनलाई सार्वजनिक मृत्यु दियो । इटालीमा मुसोलिनोको मृत्युसंगै फांसिवाद पनि ढल्यो ।

त्यस्तै लिबियाली जनतालाई दमन गर्दै यैयास गर्ने शासक कर्नेल गदाफी पनि २१ औं शताब्दीका अर्का फांसीसिवादी शासक हुन् । फाँसीवादलाई शासन पद्दति भन्ने गदाफिलाई जनताले शसस्त्र बिद्रोह गर्दै सार्बजनिक स्थानमा निर्ममताका साथ मारे । गदाफिको मृत्युसंगै लिबियामा गदाफी युग ढल्यो । मैंले यी तीन उदाहरण दिएर के कुरा प्रष्ट गर्न खोजेको हो भने दमन र क्रुरतालाई जनविद्रोहले नै अन्त्य गर्छ । र विश्व राजनीतिक इतिहासले त्यस्तै देखाइरहेको हुनाले माथिका प्रसङ्ग प्रस्तुत गरेको हुँ ।

त्यसैगरी बिद्रोहले शासन सत्ता ढलेको प्रशंगलाई नेपालको सन्दर्भमा हेर्ने हो भने राणा शासन बिरुद्ध नेपाली कांग्रेसले गरेको आन्दोलन पनि एक प्रकारले जनबिद्रोह नै हो । जसको बलमा राणा शासन ढल्यो । त्यो बिद्रोह वा जनक्रान्ति युग परिवर्तनको पहिलो खुड्किला थियो । राजनीतिक ब्यवस्थाको परिवर्तनको दृष्टिकोणले हेर्दा जनविद्रोह हुनु र राणा शासन ढल्नु पुरानो युगको अन्त्य र जनयुगको प्रारम्भ काल भन्न पर्दछ । किनकी त्यसपछी नै जनताले मान्छेको स्वतन्त्रताको बास्तविक अधिकारहरु पाए र आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा छ । त्यो सबै राणा शासन ढल्नुको उपलब्दी हो । जसरी जर्मन, इटाली र लिबियामा फाँसीवादी शासकको पन्जामा थियो त्यसैगरि नेपाल पनि २००७ भन्दाअघि फाँसीवादीहरुको नियन्त्रणमा थियो । तर आज जर्मन, इटाली, लिबिया र नेपाल चारै मुलुक फासीवादी शासकबाट स्वतन्त्र छन् । यो राजनीतिक छलाङ्ग वा रुपान्तरणको उदाहरण हो ।

सुन्दा पनि अचम्म लाग्छ । विश्वमा यस्ता देशहरु छन् जुन देश प्रजातान्त्रिक मुलुक भनिएता पनि त्यहाँको शासन पद्दति प्रजातान्त्रिक जस्तो देखिन्दैन थियो । त्यस्तै देशहरु मध्ये अफ्रिकी मुलुक जिम्बावेलाई लिन सकिन्छ । जिम्बावे एक ब्रिटिस औपनिवेसिक देश हो । सन् १९८० मा स्वतन्त्र भयो । स्वतन्त्रतासंगै आठ वर्ष प्रधानमन्त्री बनेका रोबोट मुगावे लगातार सन् २०१७ सम्म राष्ट्रपति भए । जिम्बाबे इतिहासमा जिम्बावेको पिता मानिने रोबट मुगावे राजनीतिक दर्शनको आधारमा मार्क्सवादी, लेलिनवादी र समाजवादी विचार र आन्दोलनबाट प्रशिक्षित मानिन्छन । समाजवादी दर्शनबाट पल्लवित मुगावेमा सत्ता र शक्तिप्रति जागेको भोकलाई अचम्मको र अकल्पनिय मानिन्छ । त्यहि सत्तामोह उनकै निम्ती घातकसिद्ध देखियो पनि । किनकी उनी ९२ वर्षे बुढ्यौलीमा पनि स्वयंलाई पुनः राष्ट्रपति र श्रीमतीलाई उत्तराधिकारी घोषणा गरे । त्यसले उनलाई जिम्वाबेको इतिहासमा लोभी र सत्तालिप्साको पात्रको उदाहरणको रुपमा उभ्यायो ।

प्रजातन्त्रवादी र स्वतन्त्रता सेनानी सम्झने मुगावेकै वंश मोहको कारण २०१७ मा सैनिक बिद्रोह भयो र त्यही बिद्रोहद्वारा सत्ताच्युत हुनुपर्‍यो । त्यसरी जिम्बावेमा मुगावे युग ढल्यो । यति भनिरहँदा मुगावेले जिम्बावेको स्वतन्त्रताको निम्ती गरेको संघर्षको अपमान गर्न खोजेको होइन । उनमा जागेको सत्ता मोह र राजनीतिमा पारिवारिक सदस्यको एकाधिकारपूर्ण प्रवृतिले निम्त्याएको अवस्थालाई मात्र उल्लेख गर्न खोजेको हो ।

जिम्बाबे जस्तै विश्वमा धेरै प्रजातान्त्रिक मुलुकहरुका पार्टीहरु वंश र नाता प्रणालीको माध्यायमबाट राजनीतिक नेतृत्व हस्तान्तर हुने गरेको देखिन्छ । जस्तो अमेरिकालाई नै हेरौं । रिपब्लिकन पार्टीका नेता जर्ज बुस र जर्ज डब्लु बुसलाई हेरौं । त्यसैगरी डेमोक्रेटिक पार्टीमा विल क्लिन्टन र उनको अर्धांगिनी हिलारी क्लिन्टनले राष्टपतिको भाग पाए तर त्यही पार्टीका जो वाइडनले क्षमता हुँदाहुँदै पनि राष्ट्रपति हुन ७५ वर्ष पार गर्नु नै पर्‍यो । त्यसैले त्यस्ता पारिवारिक सदस्यलाई नै वारवार जिम्मेवारी पाइरहेको प्रशंग एउटा प्रतिनिधि घटना मात्र हो । जुन प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शको बिपरित हो । यस्ता वंश र नाता प्रणालीको राजनीतिले दक्षिण एशिया तथा दक्षिणपुर्बी एशियामा त राजनीतिको बिधि र दर्शन जस्तै बनिसकेको छ । त्यसको उदाहरण नेपाल, भारत, श्रीलंका, बंगलादेश, पाकिन्तान र दक्षिण एसियामा थाईल्याण्डलाइ लिन सकिन्छ ।

थाक्सेंन सिनेवात्रा र इन्लक सिनेवात्रा नाताले दाजु बहिनी हुन् । उनीहरु दुवैजना थाइल्याण्डको सरकार प्रमुख भए । पछी इन्लक सैनिक ‘कु’द्धारा सत्ताच्युत भइन । पाकिस्तानमा भुट्टो परिवारका सदस्यहरु पालैपालो प्रधानमन्त्री भएको धेरै भएकै छैन । त्यसैगरि लामो समयको द्वन्द्ध पछी श्रीलंकामा राजनीतिक परिवर्तन भयो जसले दाई गोता भाई राजपाक्षलाई राष्ट्रपति र भाई महिन्द राजपाक्ष प्रधानमन्त्री बने । भारतमा पनि गान्धी परिवारको ‘दादागिरी’ले कंग्रेस आईलाई सत्ताबाट सडकमा पुर्‍याएको घटना ताजै छ ।

नेपाल पनि त्यही पारिवारिक राजनीतिको संस्कारबाटअछुतो छ भन्न मिल्दै मिल्दैन । यहाँको हरेक पार्टीमा वंश परम्परा, नस्लवाद, नाता प्रणाली हावी छ । अरुको कुरै छाडौं सिपि मैनाली, चित्र बहादुर केसी र मोहनविक्रम सिंहको जस्तो कम्युनिष्ट पार्टीमा पनि परिवारवाद हावी छ भने अरु कांग्रेस, नेकपा, राजपामा त नहुने कुरै भएन । कांग्रेस भित्रको कुरा गर्ने हो भने कोइराला परिवारको कुरा उठिहाल्छ । नउठोस पनि कसरी ? युग परिवर्तन गर्ने काममा परिवारको भूमिका स्वभाबिक पनि हो । तर कोइराला परिवारले नेपालको राजनीतिक शक्तिको केन्द्र राज परिवार, राणा परिवार र कोइराला परिवार मात्र हो भन्ने मानसिकता बोकिरहनु चाहिं गलत हो । फेरी कांग्रेस भित्र नयाँ कोइराला (राजनीतिक शक्ति) परिवार बन्न खोज्ने पार्टी सभापति शेर बहादुर देउवा, रामचन्द्र पौडेल लगायत अन्यले शक्ति र सत्ता परिवारकै सदस्यहरुमा रहिरहनु पर्छ भन्ने सोच छ त्यो झन् गलत हो । प्रजातान्तिक पार्टीको परिवारवादी चरित्र र प्रबृत्ति त्यो कदापि हुँदै हुँदैन । यो सरासर आदिम युगको जंगली मानवले परिवार जोगाउ राज्य बनाएको जस्तै हो । यो युगमा त्यस्ता ब्यवहार विल्कुल उपयुक्त हुँदै हुँदैन र त्यो जंगली चरित्र हो ।

जसरी गिरिजा बाबु(गिरिजा प्रसाद कोइराला)ले छोरीलाई उत्तराधिकारी बनाउनु खोज्दा कांग्रेस प्रतिपक्षमा पुग्यो । अहिले पार्टी सभापति शेरबहादुर देउवाले अर्धांगिनीलाई उत्तराधिकारी बनाउनु खोज्दा पार्टी न सडकमा भयो न सदनमा नै शसक्त भयो । कुरा गम्भिर छ । नयाँ पुस्ताका कार्यकर्ताहरु देशको कायापलट गर्छु देश हाम्रो हातमा छ भन्दै उर्दी लाउँदै देश फन्का मार्छन् । तर पार्टी भित्रको जंगली चरित्र र निर्णयको बिरोध गर्दै गर्दैनन् । त्यही जंगली निर्णयको दास बनिरहन्छन् । त्यस्तो दासत्व स्विकार गर्ने युवा नेताहरु कांग्रेसको लागि त बेकाम भए भए सिंगो देशका लागि पनि बोझ मात्र हो । उनीहरुबाट पार्टी रुपान्तरण हुने, देश विकास हुने आस गर्नु ब्यर्थ छ ।

किनकी उनीहरुको पहिलो काम भनेको नस्ल सुधार गर्ने, पार्टी र सबै भातृ सङ्गठनहरुका महत्वपूर्ण स्थानमा कि त परिवार सदस्य कि त एउटै नस्ल, नाता र समुहको ब्यक्तिहरुलाई स्थान दिन झन शसक्त देखियो । त्यसकारण त्यस्तो जंगली निर्णयबाट कांग्रेस प्रजातान्त्रिक पार्टी बन्न सक्छ ? कांग्रेस जनताको पार्टी बन्न सक्छ ? कदापि सक्दैन । यहाँ कांग्रेस मात्र त्यस्तो जंगली निर्णय गर्ने पार्टी होइन । नेकपा पनि त्यहि जंगली निर्णय गर्ने अर्को पार्टी हो । नेकपामा त झन् छोराछोरी, सालासालीका साथै योगदान नै नगरेका मित, मितिनी, सम्धी जस्ता मुर्धन्य ब्यक्तिहरुको रजगज देखिन्छ । त्यस्तो जंगली निर्णय र ब्यबहारले नेकपा गरिव जनताको नेतृत्व गर्ने कम्युनिष्ट पार्टी बन्न सक्छ ? कदापी सक्दैन ।

त्यसकारण भन्नैपर्छ कांग्रेस, नेकपा, राजपा, नेमकिपालगायत संघीय समाजवादी पार्टी र मसिना कम्युनिष्ट नामको पार्टी सबै आदिमा युगको जंगली मानवको चारित्रिक बिशेषता बोकेको झुण्ड जस्तै हो । किनकी जंगली मानव जस्तै सानो स्वार्थ पुरा नहुँना साथ झगडा गर्ने, समूहमा बस्न नसक्ने गरि रहन्छन् । समग्रमा भन्दा नेपालका सबै पार्टीहरु फाँसीवादी मार्गमा लागिसकेको छन भन्न कुनै संकोच मान्न पर्दैन । किनकी जिन्दगी समर्पण गरेका हजारौं कार्यकर्ताको योगदानलाई वास्ता नै नगरी नस्लको आधारमा, वंशको आधारमा जिम्मेवारी दिएपछी ति कर्मठ कार्यकर्ताको योगदानको हत्या गर्नु भनेको हिटलर, मुसोलिनो गदाफिले जनतालाई फाँसी दिए जस्तै हो । यी कारणहरुले गर्दा नेपालका सबै पार्टीका नेताहरु फाँसीवादी भएन त ? स्मरण रहोस हिटर, मुसोलिनो र गदाफिको फाँसिवादी सत्ता त ढल्यो भने यी आधारवीहिन नेताहरुको फाँसीवादी र जंगली प्रवृति अवश्य ढल्छ । मात्र संगठित बलको आवश्यता छ । सबै कार्यकर्तालाई चेत हुनुपर्छ । सत्ता मात्र होइन विपक्षीहरुको चरित्र सुधार गर्नैपर्छ । नेताहरुका सोच र शैलीमा बृहत परिवर्तन जरुरी छ । मैदानमा संघर्ष गरिरहेको संगठनको सिपाहीमाथि शक्तिको बलमा सिद्ध्याउँछु भन्नु सरासर गलत छ । त्यसैले शैली सुधारौं, बानी बदलौं । जय नेपाल !

प्रतिक्रिया दिनुहोस्