काठमाडौं, फागुन ६ । तिब्बतको महत्वपूर्ण बुद्ध गुम्बामा भीषण आगलागी भएको छ । ल्हासाको जोखाङ विहारमा रहेको विहारमा आगलागी भएको हो । विभिन्न अनलाइनमा आएका भिडियो फुटेजमा बिहारको छानोबाट आगोको मुस्लो आएको देखिन्छ । प्यागोडा शैलीको विहारमा आगलागी भएको हो । चीनको सरकारी सञ्चारमाध्यमले शनिबार अबेर विहारमा आगलागी भएको र लगत्तै नियन्त्रणमा लिइएको जनाएको छ…