१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


अफगानिस्तानमा आत्मघाती बम हमला, १९ जनाको मृत्यु


0
Shares

काठमाडौं, असार १८ । अफगानिस्ताको पूर्वी शहर जलालावादमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।

मारिने अधिकांश शिख समुदायका मानिस रहेका छन् । राष्ट्रपति असरफ घानीसँग भेट गर्न जाँदै गरेका उनीहरु सवार गाडिमा बम विस्फोट गराइएको हो ।

राष्ट्रपति घानी दुई दिनका लागि जलालावादमा आउनुभएको थियो । मारिनेमध्ये स्थानीय शिख नेता अवतार सिंह खालसा पनि रहेका छन् ।

अवतार सिंह आगामी अक्टोबरमा हुने संसदीय चुनाव लड्ने योजनामा रहेको बताइएको छ । इस्लामिक स्टेटले घटनाको जिम्मेवारी लिएको छ ।(एजेन्सी)