आप्रवासी नीतिको विरोधमा अमेरिकामा विशाल प्रदर्शनको तयारी • Image Khabar Image Khabar


आप्रवासी नीतिको विरोधमा अमेरिकामा विशाल प्रदर्शनको तयारी


Imagekhabar
१६ असार २०७५, शनिबार १९:५५

आप्रवासी नीतिको विरोधमा अमेरिकामा विशाल प्रदर्शनको तयारी

काठमाडौं, असार १७ । राष्ट्रपति डोनल्ड ट्रम्पले लिएको आप्रवासीप्रतिको नीतिको विरोधमा अमेरिकामा विशाल प्रदर्शनको तयारी भएको छ ।

विछोडिएका परिवार एक हुने उद्देश्यले ६ सय ३० भन्दा बढी स्थानमा विरोध कार्यक्रम गर्ने तयारी भइरहेको छ ।

यसका लागि अमेरिकाका सबै शहरका बासिन्दालाई ‘फेमिली बिलोङस् टुगेदर’ नाराका साथ एकजुट हुन आह्वान गरिएको छ ।

आयोजकले सबैलाई सेतो पहिरनका साथ शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अपील गरेका छन् ।

यसअघि पनि यस्तै प्रदर्शन भएपछि राष्ट्रपति ट्रम्प आफ्नो नीति परिवर्तन गर्न बाध्य भएका थिए ।

मेक्सिकोबाट अमेरिका आएका अवैध आप्रवासी बिरुद्ध राष्ट्रपति ट्रम्पले ‘जिरो टलरेन्स’ नीति लागू गरेकोमा उनीहरुले विरोध जनाएका हनु् ।

जिरो टलरेन्स लागू भएको खण्डमा कारागारमा रहेका अभिभावकका सन्तानले अलग हुनुपर्ने पर्ने छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्