
काठमाडौं, असार १६ । क्यानडाले अमेरिकी करको अघिल्तिर आफूहरु घुँडा नटेक्ने दृढता देखाएको छ ।
क्यानाडाकी विदेशमन्त्री क्रिष्टिया फ्रिलण्डले स्टील र आल्मुनियममा अमेरिकाले लगाएको नयाँ करसामु आफ्नो देश नझुक्ने बताएकी हुन् ।
देश भित्रका स्टील र आल्मुनियम उद्योगलाई सघाउन क्यानडाले डेढ अर्ब अमेरिकी डलर बराबरको सहायता कार्यक्रम सार्वजनिक गर्दै विदेशमन्त्री फ्रीलण्डले उक्त कुरा बताएका हुन् ।
१६ दशमलव ६ अर्ब क्यानेडियन डलर मूल्य बराबरको अमेरिकी सामानमा क्यानाडाले लगाएको कर जुलाइ १ देखि कार्यान्वयनमा आउँदैछ ।
अमेरिकाले क्यानडालाई अरू कुनै विकल्प नदिई जवाफी कदम चाल्न बाध्य बनाएको उनको भनाइ छ ।
क्यानडाले पनि अमेरिकी स्टील तथा आल्मुनियम उत्पादन लक्षित गरी कर लगाएको हो ।
त्यसबाहेक दही, केट्चप र र सुन्तलाको जुसमा पनि क्यानडाले कर लगाएको छ ।
अमेरिकाले गत जुन १ देखि लागु गरेको करको जवाफमा आफूहरुले पनि कर लगाउन बाध्य फ्रिलण्डको भनाइ छ ।
गत वर्ष ७०० अर्ब अमेरिकी डलर बराबरको व्यापार गरका दुई देशबीच काठ, दूधजन्य उत्पादन र रक्सीलगायतमा विवाद रहेको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्