Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


विश्व लामखुट्टे दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे भेटिएको पुष्टि

182
Shares

काठमाडौं । विश्व लामखुट्टे दिवस बिहीबार नेपालमा पनि ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर मनाइँदैछ ।

लामखुट्टेको टोइकाइबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ। लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकन गुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले र जापनिज इन्सेफलाइटिस जस्ता रोगहरू लाग्दछ। नेपालमा हालसम्म १ सय ६८ प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभागले नेपालमा गत आवमा ती रोगबाट करिब १८ हजार ७ सय १० जना प्रभावित भएकाे जनाएकाे हाे । पछिल्लो समय जलवायु परिवर्तनका असरका कारण उच्च हिमाली भेगमा समेत लामखुट्टेको टोकाइबाट हुने रोगको जोखम उच्च हुँदै गएकाे छ।

विभागले सात वटै प्रदेशमा कीटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला स्थापना गरेर विभिन्न काम गरिरहेको जनाएको हाे। किट रोग नियन्त्रण शाखाका प्रमुख डागोकर्ण दाहालले पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लामा देखा परिसकेको बताउनुभएकाे छ।