काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले उकालो लाग्दै २५९५.८१ विन्दुमा पुगेर बन्द भएको हो ।
बजार परिसूचक बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । दिनभरमा ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
समग्र बजार सकारात्मक रहे पनि अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा सहभागीमध्ये १०५ कम्पनीको मूल्य बढ्दा १६५ कम्पनीको मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ ।
यस दिन धौलागिरि लघुवित्तको सेयर मूल्य सर्वाधिक १४।९९ प्रतिशतले बढेको छ । यसको विपरीत रिजलाइन इनर्जीको मूल्य सबैभन्दा धेरै ६।२९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ । उक्त कम्पनीको २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।









प्रतिक्रिया दिनुहोस्