काठमाडौं। भारतका चर्चित युट्युबर ध्रुव राठीलाई प्रहरीले हरियाणाको गुरुग्रामबाट नियन्त्रणमा लिएको छ। कक्रोच जनता पार्टीको प्रदर्शन आह्वानका बीच शनिबार बिहान उनलाई हिरासतमा लिइएको हो।
बीबीसीका अनुसार गुरुग्रामको सेक्टर–५६ बाट राठीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। यसअघि शुक्रबार साँझ उनले सामाजिक सञ्जालमा दिल्लीस्थित इन्डिया गेटनजिक घुमिरहेको भिडियो सार्वजनिक गरेका थिए। जहाँ उनले भनेका थिए “म दिल्ली आइपुगेको छु । मैले प्रधानमन्त्रीले ५० भन्दा बढी मेट्रो स्टेशनहरू बन्द गर्नुभएको मैले देखेँ । धेरै रेल र बस सेवा रद्द गरिएका छन् । विरोध प्रदर्शनका कारण उनीहरूले दिल्लीलाई लकडाउनमा राखेका छन् ।”
यसैबीच, प्रदर्शनमा सहभागी हुन भेला भइरहेका केही व्यक्तिलाई दिल्ली प्रहरीले हिरासतमा लिएको बीबीसीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्