Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


रूसको मिसाइल आक्रमणमा परी युक्रेनमा ५ जनाको निधन, २३ घाइते


234
Shares

एजेन्सी। रुसले बुधबार राति युक्रेनमा गरेको मिसाइल आक्रमणमा राजधानी किभ र आसपासका क्षेत्रमा करिब ५ जनाको मृत्यु भएको छ।

आक्रमणमा परी २३ जना घाइते भएका हुन् । रुसले उक्त आक्रमणमा भवन तथा गोदामलाई निसाना बनाएको युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसले जनाएको छ । उद्धारकर्ता भग्नावशेषमा फसेका मानिसको उद्धार तथा खोजी कार्यमा जुटेका हुन् ।

किभका मेयर भिताली क्लित्स्कोले बुधबार रातभरीको आक्रमणमा एउटा बाल अस्पतालमा समेत क्षति पुगेको छ। अस्पतालका झ्यालका सिसा फुटेका छन् । आसपास रहेका अधिकांश सवारीसाधनमा आगलागी भएको हाे ।

क्षेत्रीय प्रशासनले राति नै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गर्दै हवाई आक्रमण सम्बन्धी चेतावनी जारी गरेको थियो । प्रशासनले उक्त क्षेत्रमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय हुन सक्ने जनाएको थियो ।

यसैबीच, रुसले युक्रेनमाथि निरन्तर आक्रमण गरिरहेका बेला पोल्यान्डको सेनाले आफ्नो हवाई क्षेत्रको सुरक्षाका निम्ति ‘सावधानीमूलक सैन्य विमान अभियान’ शुरु गर्ने घोषणा गरेको छ ।