Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


राष्ट्रपति ट्रम्पद्वारा ‘स्ट्रेट अफ हर्मुज’ लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक


325
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा सार्वजनिक गर्नुभएको छ ।

हर्मुजलाई नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा सार्वजनिक गर्दै उहाँले रणनीतिक रूपमा जलमार्गमाथि अमेरिकी नियन्त्रणको संकेत गर्नुभएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसलमार्फत नक्सा सार्वजनिक गर्नुभएको हो । हर्मुज विश्वको महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक हो । विश्वको तेल तथा ग्यास आपूर्तिका लागि यो जलमार्ग अत्यन्त महत्वपूर्ण मानिन्छ ।

इरानले गत फेब्रुअरीको अन्त्यमा अमेरिकासँग युद्ध शुरु भएपछि हर्मुजमा पानीजहाजको आवागमन रोकेको छ। अमेरिकाले इजरायलसँग मिलेर इरानविरुद्ध सैन्य कारबाही शुरु गरेपछि तेहरानले जलमार्ग बन्द गरेको हो । गत शुक्रबार पहिलो पटक हर्मुज जलमार्ग माथि अमेरिकी नियन्त्रणको सम्भावना रहेकाे उहाँले उल्लेख गर्नुभएको थियो ।

राष्ट्रपति ट्रम्पले इरानलाई पराजित गरेपछि उक्त जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने बताउनुभएको थियो ।