Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


नेपाली सङ्गीतमा नयाँ प्रयोगसहित ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु


39
Shares

काठमाडौं । नेपाली सङ्गीतमा नयाँ पुस्ताका प्रतिभा र सिर्जनात्मक प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरिएको छ ।

एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा तयार गरिएको यो सिरिज अक्टोबर १० देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । मौलिक गीत र नवीन दृश्य प्रस्तुतिमार्फत नेपाली सङ्गीतमा फरक पहिचान स्थापित गर्ने लक्ष्य यसले राखेको छ ।

सिरिजको व्यवस्थापन आर्बिट्ररी रेकर्ड्सले गरिरहेको छ भने निर्माणको जिम्मेवारी एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) ले लिएको छ । यसअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिने आयोजकले जनाएको छ । गीत तथा म्युजिक भिडियो एक्स्ट्रिम म्युजिक सिरिजको युट्युब च्यानलमा उपलब्ध हुनेछन् ।

पहिलो सिजनमा याबेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन गरी नौ कलाकार सहभागी हुँदैछन् । फरक सङ्गीत शैली र व्यक्तिगत सिर्जनात्मक पहिचानलाई प्रस्तुत गर्दै कलाकारहरूले सिरिजलाई विविधतापूर्ण बनाउने अपेक्षा गरिएको छ ।

परम्परागत प्रस्तुतिभन्दा फरक सङ्गीत प्रयोग, सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्राथमिकता दिने यस पहलले नेपाली सङ्गीत क्षेत्रमा नयाँ सम्भावना खोज्न सहयोग पुग्ने विश्वास आयोजकको छ । साथै, स्थानीय प्रतिभालाई थप अवसर प्रदान गर्दै नेपाली सङ्गीत संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्य पनि सिरिजले लिएको छ ।