Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


भारतको एक होटलमा आगलागी हुँदा ९ जनाको निधन, ६ घाइते


156
Shares

एजेन्सी। पश्चिम बंगाल राज्य कोलकाताको एक होटलमा मंगलबार राति आगलागी हुँदा करिब ९ जनाको ज्यान गएको छ ।

आगलागीमा परी ६ जना घाइते भएका हुन् । मिर्जा गालिबमा रहेको होटलमा आगलागी भएको थियाे । आगलागीमा परी ज्यान गुमाउनेहरु बङ्गलादेशी नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको उद्धारमा खटिएको अग्निनियन्त्रक टोलीले जनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरू उपचारका लागि कोलकाता आएका थिए । आगो निभाइएको भए पनि आगलागीको कारण खुल्न सकेको छैन । पश्चिम बङ्गालमा दुई दिनको अवधिमा होटलमा आगलागी भएको यो दोस्रो ठूलो घटना हो ।

यस अघि सोमबार पनि तारापीठको एक होटलमा आगलागी हुँदा ८ जनाको ज्यान गएको थियो ।