
पेरिस, असार १७ । फ्रान्समा कुख्यात गुण्डा नाइके रेडोइन फेड हेलिकप्टर चढेर पेरिसको कारागारबाट भागेका छन् ।
कारागारभित्र हतियारले सुसज्जित तीनवटा हेलिकप्टर अवतरण गराइएको थियो । त्यसैमा चढेर ४६ वर्षीय फेड भागेको अधिकारीहरुले जनाएका छन् ।
नजिकैको वाउरगेट क्षेत्रतर्फ उडेको हेलिकप्टर पछि जलेको अवस्था स्थानीय प्रहरीले फेला पारेको थियो ।
फ्रान्सको अपराध दुनियामा फेड चर्चित नाम हो । उनी शृंखलाबद्ध रुपमा भएका लुटका घटनाका संलग्न भएको अपराधमा जेल सजाय भोग्दै आएका थिए ।
पछिल्लो समय उनी सेन इट मर्न कारागारमा २५ वर्षको जेल सजाय भोग्दै थिए ।
सन् २०१३ मा उत्तरी फ्रान्सको कारागार पुगेको आधा घण्टामा उनी मानव ढालको सहारामा भाग्न सफल भएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्