८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


तेलको उत्पादन बढाउन ट्रम्पको प्रस्ताव साउदीका राजाद्वारा स्वीकार


0
Shares

काठमाडौं, असार १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरब तेलको उत्पादन बढाउन सहमत भएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले साउदीका राजा सलमानसँग आफूले तेलको उत्पादन बढाउन आग्रह गरेको र त्यसमा सहमति जनाएको बताएका हुन् ।

योसँगै साउदी अरबले २० लाख ब्यारेल तेल उत्पादन बढाउने छ । जुलाई महिनादेखि हरेक दिन साउदी अरबले १ करोड १० लाख ब्यारेल तेल उत्पादन गर्ने छ ।

यसले भेनेजुएला र इरानबाट आयात गरिने तेल कटौती हुँदासमेत फरक पार्ने छैन । अमेरिकाले आगामी नोभेम्बरपछि इरानविरुद्ध कडा प्रतिबन्ध लगाउने तयारी गरेको छ

ट्रम्प प्रशासनले आगामी नोभेम्बरदेखि इरानबाट तेल आयात कटौती गर्न दबाब दिँदै आएको छ ।

राष्ट्रपति ट्रम्पले इरानसँग भएको परमाणु सम्झौता रद्द गरिदिएपछि कडा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

युरोप, एसिया र मध्यपूर्वीका आफ्ना सहयोगी देशमाथि अमेरिकाले इरानबाट तेल आयात नगर्न दबाब दिइरहेको छ ।

जसले गर्दा इरान आफ्नो परमाणु कार्यक्रम रोक्न बाध्य हुने तर्क अमेरिकाको छ ।

अमेरिकी विदेश मन्त्रालयले इरानसँग तेल आयात गर्ने देशहरुसँग थप छलफल गर्नेसमेत जनाएको छ ।

इरानबाट सबैभन्दा बढी तेल चीनले आयात गर्ने गरेको छ । चीनले इरानबाट दैनिक ६ लाख ५५ हजार ब्यारेल तेल खरिद गर्ने गरेको छ ।(एजेन्सी)