ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशको नाम जुलाई ९ मा घोषणा गर्ने • Image Khabar Image Khabar


ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशको नाम जुलाई ९ मा घोषणा गर्ने


Imagekhabar
१५ असार २०७५, शुक्रबार १९:२८

ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशको नाम जुलाई ९ मा घोषणा गर्ने

काठमाडौं, असार १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशको नाम जुलाई ९ मा घोषणा गर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले पहिलो पटक सर्वोच्च अदालतमा न्यायाधीश मनोनयन गर्न लागेका हुन ।

कस्तो व्यक्तिलाई मनोनयन गर्लान भन्ने चासो सबैतिर छाएका बेला उनले मनोनयनको मिति भने तोकेका हुन् ।

दुई महिलासहित पाँच जनाको नामबाट मनोनयन गरिने पनि उाले जानकारी दिएका छन् । यसै हप्ता न्यायाधीश एन्थनी केनेडीको पदावधि सकिने भएकाले नयाँ नियुक्ति गर्न लागिएको हो ।

यो मनोनयनले सर्वोच्च अदालतमा रुढिवादी बहुमत हासिल गर्न राष्ट्रपति ट्रम्पलाई मौका मिल्ने समाचार संस्थाहरुले जनाएका छन् ।

उनले गरेको मनोनयनलाई सीनेटले स्वीकृति भने दिनुपर्ने हुन्छ । जहाँ राष्ट्रपति ट्रम्पकै दल रिपब्लिकन पार्टीको बहुमत छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्