नाइजेरियामा पेट्रोल बोकेको ट्यांकरमा आगोलागी, ९ जनाको मृत्यु • Image Khabar Image Khabar


नाइजेरियामा पेट्रोल बोकेको ट्यांकरमा आगोलागी, ९ जनाको मृत्यु


Imagekhabar
१५ असार २०७५, शुक्रबार ०६:०५

नाइजेरियामा पेट्रोल बोकेको ट्यांकरमा आगोलागी, ९ जनाको मृत्यु

काठमाडौं, असार १५ । नाइजेरियामा पेट्रोल बोकेको एक ट्यांकरमा आगोलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

नाइजेरियाको लागोस सहरमा गुडिरहेको ट्यांकरमा एक्कासि आगोलागी हुँदा ५० भन्दा बढी सवारी–साधनहरु जलेका छन् । घटनामा थुप्रै व्यक्ति जलेर घाइते भएका छन् ।

ट्यांकरमा आगोलागी हुनेबित्तिकै आगो एउटा सवारी–साधनबाट अर्कोमा सल्कँदा ती सवारी–साधनहरु जलेका हुन् ।

विश्वमा तेल उत्पादन गर्ने अफ्रिकी मुलुकहरुमध्ये नाइजेरिया पहिलो स्थानमा रहेको छ ।

नाइजेरियामा तेल बोक्नेक्रममा धेरै आगोलागीका घटना हुने गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्