एउटै घरमा ११ जनाको शव झुन्डिएको अवस्थामा फेला • Image Khabar Image Khabar


एउटै घरमा ११ जनाको शव झुन्डिएको अवस्थामा फेला


Imagekhabar
१७ असार २०७५, आईतवार ०१:४९

एउटै घरमा ११ जनाको शव झुन्डिएको अवस्थामा फेला

काठमाडौं, असार १७ । भारत नयाँ दिल्लीको उत्तरी क्षेत्रस्थित बुराडी नगरको एउटा घरमा ११ जनाको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

जसमा ७ महिला र ४ पुरुषको शव रहेको छ । हात खुट्टा बाँधिएको र आँखामा पट्टी लगाइएको अवस्थामा ती शव फेला परेको अधिकारीहरुले बताएका छन् ।

भारतीय प्रहरीले यो घटना आत्महत्या हो वा सामूहिक हत्या हो भन्नेबारे अनुसन्धान थालेको छ ।

एक घरको दोस्रो तल्लामा झुन्डिएको अवस्थामा फेला परेकाहरु दाजुभाईका सन्तान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरु दूध र प्लाइउडका ब्यापारी रहेको बताइएको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्