जकार्ता, कात्तिक २४ । दुई हप्तापहिले दुर्घटनाग्रस्त लायन एअरको विमानमा परेका यात्रीहरूको खोजी शनिबारदेखि रोकिएको इन्डोनेसियाले जनाएको छ । अक्टोबर २९ मा इन्डोनेसियाको जाभा समुद्रिक आकाशमा दुर्घटनापछि समुद्रमा खसेको अनुमान गरिएको ‘७३७–एमएएक्स–८’ मा यात्रारत् चालकदलका सदस्यसहित १८९ जनाको खोजी शनिबारपछि रोकिएको खोजी तथा उद्धार समूहका प्रमुख मुहम्मद स्यायुगीले सन्चारकर्मीलाई बताए । ‘विगत ४८ घन्टाको अन्तरालमा…