२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


चीनमा ‘सिरियल किलर’लाई दिइयो मृत्युदन्ड


0
Shares

काठमाडौं, पुस १९ । चीनमा ११ जना बालिकाको हत्या गरेको अभियोगमा गाओ चेनयोङलाई मृत्युदन्ड दिइएको छ ।

बालिकाहरुको शृंखलाबद्ध हत्या गरेको अभियोगमा सन् २०१६ मा उनी पक्राउ परेका थिए ।

गाओले बालिकाहरुको हत्याअघि उनीहरुलाई बलात्कारसमेत गर्ने गरेको प्रमाणित भएको थियो ।

सन् १९८८ मा एकजना बालिकालाई बलात्कारपछि हत्या गरेपछि उनले यस्तो नृशंस कार्य एकपछि अर्को गर्दै आएका थिए ।

आफूमाथि लागेका सबै आरोप स्वीकार गरेका गाओलाई गत वर्ष नै मृत्युदन्डको सजाय सुनाइएको थियो । (एजेन्सी)