काठमाडौं, चैत ११ । नेदरल्यान्ड्सका फुटबल हस्ती योहान क्राइफको ६८ वर्षको उमेरमा निधन भएको छ । विगत् केही सयमदेखि फोक्सोको क्यान्सरबाट ग्रस्त क्राइफको विहीबार निधन भएको उनको आधिकारीक वेबसाइटले जनाएको छ । गत फेब्रुअरीमामात्रै क्राइफले ‘फोक्सो क्यान्सरविरुद्धको खेलमा आफू २–० ले अघिरहेको र क्यान्सरविरुद्धको यो भिडन्त छिट्टै आफूले जित्ने’ भन्दै स्वास्थ्य सुधारको संकेत गरेका थिए…