अफगानिस्तानलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलनजिक • Image Khabar Image Khabar


अफगानिस्तानलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलनजिक


Imagekhabar
१० चैत्र २०७२, बुधबार १३:१६

अफगानिस्तानलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलनजिक

काठमाडौं, चैत १० । भारतमा जारी विश्वकप ट्वेन्टी–२० क्रिकेटमा अफगानिस्तानलाई पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलनजिक पुगेको छ ।

बुधबार दिल्लीमा भएको खेलमा इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले हरायो ।

१ सय ४३ रनको चुनौती पछ्याएको अफगानिस्तानले ९ विकेटको क्षतिमा १ सय २७ रनमात्र बनाउन सक्यो ।

सफिकुल्लाहले २० बलमा अविजित ३५ रन जोडेको इनिङ्समा इंग्ल्यान्डका डेभिड वाइली र अदिल रसिदले समान २–२ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ७ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो ।

कुनै समय ८५ रन जोड्दा ७ विकेट गुमाएको इंग्ल्यान्डका मोइन अली र वाइलीले आठौं विकेटका लागि अविजित ५७ रनको साझेदारी गरेसँगै सम्मानित योगफल जोडेको थियो ।

अलीले ३३ बलमा ४१ तथा वाइलीले १७ बलमा २० रनको योगदान दिए ।

रसिद खान र मोहम्मद नाबीले समान २–२ विकेट लिए ।

यसअघि, पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको इंग्ल्यान्डले दोस्रो खेलमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी जित हासिल गरेको थियो ।

सेमिफाइन्लनजिक पुगेको इंग्ल्यान्डले अन्तिम खेलमा साविक विजेता श्रीलंकासँग खेल्नेछ ।

पहिलोपटक दोस्रो चरणमा प्रवेश गरेको अफगानिस्तानले खेलेका तीनओटै खेल हारेपनि दाबेदार टिमहरुमाथि दबाब बनाउँदै प्रशंसा बटुलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्