काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले दिएको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम रोयल्सले मध्यम सुरुआत गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा १४६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले सुरुआती ६ ओभरको खेल सकिँदा दुई विकेटको क्षतिमा ५१ रन बनाएको छ ।
क्रिजमा रहेका सैब जैबले १५ र कप्तान दीपेन्द्रसिंह ऐरीले पाँच रन बनाएका छन् । ओपनर विनोद भण्डारी भने चार रन जोडेर आउट भएका थिए ।
पोखरा एभेन्जर्सका धनन्जय लक्ष्मणले एक विकेट लिएका छन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।









प्रतिक्रिया दिनुहोस्