काठमाडाैं । नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकलका चालकसमेत गम्भीर घाइते भएका छन् । मलङ्गवाबाट हरिपुरतर्फ आउँदै गरेको बीआर ०६ सिएल १४७१ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रु हरैयाकै ६८ वर्षीय युगेश्वर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिनुभयो ।
पैदलयात्रुलाई ठक्कर दिएर अनियन्त्रित भएको मोटरसाइकल पल्टँदा चालक चन्द्रनगर गाउँपालिका–१, किसनपुरका २२ वर्षीय पुरुषोत्तम राय यादव गम्भीर घाइते हुनुभएको छ । यादवको सिटी अस्पताल हरिपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।
प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्