Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


आर्य फार्माल्याब र क्यानबीच एनपीएलको स्वास्थ्य साझेदारीमा तीन वर्षे सम्झौता


0
Shares

काठमाडाैं । आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्ष सहकार्य गर्ने सम्झौता गरेको छ ।

कम्पनी स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा आर्य फार्माल्याबले क्यानसँग उक्त सम्झौता गरेको हो । क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले सहकार्य अघि बढाइएको कम्पनीले जनाएको छ ।

सम्झौताअनुसार एनपीएलका खेल सञ्चालन हुने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्य फार्माल्याबले स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण कक्ष तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । यसका साथै मनोरञ्जन र खेलकुदसम्बन्धी गतिविधिमार्फत दर्शकलाई स्वस्थ जीवनशैलीप्रति सचेत गराउने लक्ष्य राखिएको छ ।

कम्पनीले खेलाडीको उत्कृष्ट प्रदर्शन र खेल भावनालाई प्रोत्साहन गर्न ‘हेल्दी पार्टनरसिप अवार्ड’ अन्तर्गत प्रत्येक खेलमा दुई खेलाडीलाई जनही २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी, प्रत्येक खेलमा एक जना दर्शकलाई २० हजार रुपैयाँको ‘ह्याबिट मुमेन्ट अफ द म्याच’ प्रदान गरिनेछ । यस्ता कार्यक्रमले खेलाडीको योगदानको कदर गर्नुका साथै दर्शकको सहभागिता र उत्साह बढाउने विश्वास कम्पनीले लिएको छ ।

आर्य फार्माल्याबले आफ्नो स्थापनाको ३०औँ वर्ष पूरा गरेको अवसरमा सुरु गरिएको यस सहकार्यलाई संस्थाको यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । लोकप्रिय खेल क्रिकेटसँग स्वास्थ्य सचेतनालाई जोडेर धेरैभन्दा धेरै नागरिकसम्म स्वास्थ्यसम्बन्धी सन्देश पुर्‍याउन सकिने कम्पनीको विश्वास छ ।

Skip This