चितवन । सञ्चारगृहबाटै पत्रकार पक्राउ गरिएको र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना दिने भएका छन्।
शनिबार बिहान ८ देखि ९ बजेसम्म हुने धर्नामा पत्रकार, नागरिक समाज, मानवअधिकारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधरलाई सहभागी हुन आह्वान गरिएको छ।
संयुक्त विज्ञप्ति जारी गर्दै पूर्वपदाधिकारीहरूले समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकार पक्राउ गर्ने सरकारी कदमको विरोध गरेका छन्। उनीहरूले प्रकाशित समाचारप्रति असहमति भए कानुनी बाटो अपनाउनुपर्नेमा जोड दिँदै पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न र सञ्चार क्षेत्रलाई आतंकित नबनाउन माग गरेका छन्।
विज्ञप्तिमा महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्य, निवर्तमान वरिष्ठ उपाध्यक्ष रमेश विष्टसहित पूर्वपदाधिकारी तथा सदस्यहरूले हस्ताक्षर गरेका छन्।









प्रतिक्रिया दिनुहोस्