काठमाडाैं । नेपाल र चीनका बीचमा ब्यापार र यातायात सम्पर्कलाई सहज बनाउन सिन्धुपाल्चोकको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन अन्तर मन्त्रालय समन्वय र कूटनीतिक पहल तीव्र पारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शुक्रबार आयोजना गरेको प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले नेपाल–चीन जोड्ने मुख्य व्यापारिक नाका सञ्चालन गर्न परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा सम्बन्धित विभाग तथा मन्त्रालयका प्रतिनिधिबीच अन्तरमन्त्रालय समन्वय बैठक सम्पन्न भएको जानकारी दिनुभयो ।
उहाँकाअनुसार बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकामा पुर्याएको क्षतिको मूल्याङ्कन, पुनःनिर्माण लगायतका विषयमा छलफल भएको थियो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यसअघि गत भदौ १० गते आएको बाढीपछि अवरुद्ध तातोपानी नाका वडा दशैंको अवसरमा तीन दिनका लागि ठूला मालवाहक सवारी साधन सञ्चालन गर्न खुला गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्