Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


पत्रकार विश्वमणि सुवेदी बानेश्वरस्थित कार्यालयबाट पक्राउ


0
Shares

काठमाडौँ । प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ । नेपाल प्रेसमा कार्यरत उनलाई बानेश्वरस्थित कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार साइबर ब्युरोको पत्रका आधारमा सुवेदीलाई पक्राउ गरिएको हो ।

केही दिनअघि नेपाल प्रेसमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाउन खोजेको र त्यस विषयमा कार्कीले कानुनी परामर्श सुरु गरेको समाचार प्रकाशित भएको थियो । उक्त समाचारकै विषयमा सोधपुछ गर्न सुवेदीलाई पक्राउ गरिएको साइबर ब्युरोका अधिकारीहरूले बताएका छन् ।

यसअघि आजै प्रहरीले अर्का पत्रकार शोभराज बराललाई समेत पक्राउ गरेको थियो ।

Skip This