काठमाडाैं । कोसी राजमार्गअन्तर्गत धनकुटाको मूलघाटमा आज शुक्रबार बिहान हाइड्रोको केमिकल बोकेको ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार इटहरीबाट संखुवासभा जाँदै गरेको प्रदेश १-०२-००२ ख ०५९० नम्बरको ट्रक ट्रक धनकुटा नगरपालिका वडा नं. ९ मूलघाटमा अनियन्त्रित भई सडकबाट करिब ४०-५० फिट तल खसेको हो।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार दुर्घटनामा ट्रक चालक सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ८ बस्ने करिब २५ वर्षीय अभिषेक चौधरी र सहचालक मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ४ बस्ने अन्दाजी १८ वर्षीय राहुल चौधरी घाइते भएका छन्।
घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा, धरान पठाइएको र हाल उपचार भइरहेको प्रहरीले जनाएको छ।
चालकको अवस्था मध्यम तथा सहचालकको अवस्था सामान्य छ।









प्रतिक्रिया दिनुहोस्