Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने


0
Shares

काठमाडौँ । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै, बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को पनि प्रभाव छ ।

हाल देशभर साधारणतया बादल लागेको छ भने कोशी र बागमती प्रदेशको पहाडी र तराई भूभागमा तथा मधेस प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

बिहीबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षा, हिमपात, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

शुक्रबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षा, हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षा, हिमपातको सम्भावना छ ।

Skip This