काठमाडौं ।
सिरहा नगरपालिका-१३ मल्हनियाबाट अवैध लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पक्राउ पर्नेमा भारत मधुवनी बेला पञ्चायत-८ घर भएका ४४ वर्षीय लालबाबु सिंह र २६ वर्षीय धर्मेन्द्र दास रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बिआर-३२४ भि ७५७४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।









प्रतिक्रिया दिनुहोस्