Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


सञ्चारगृहमा प्रहरी प्रवेशलाई लिएर जेनजी अभियन्ता हमालले भने- यो निरंकुशता र अराजकताको पराकाष्ठा


0
Shares

काठमाडौं ।

जेनजी अभियन्ता रवि किरण हमालले सञ्चारगृहभित्र प्रहरी प्रवेश गराई पत्रकार पक्राउ गर्ने कार्यप्रति आपत्ति जनाउँदै यस्तो गतिविधि तत्काल रोक्न सरकारसँग माग गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले सत्ताको आलोचना सहन नसकेर प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु लोकतान्त्रिक व्यवस्थाकै मर्मविपरीत भएको टिप्पणी गर्नुभएको छ ।

राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासमेत बिचौलियाको प्रभावमा पर्ने, लुटतन्त्र मौलाउने र गुण्डाराज स्थापित हुने अवस्था सिर्जना हुँदा त्यसविरुद्ध आवाज उठाउने पत्रकारलाई नै निशाना बनाउनु निरंकुशताको पराकाष्ठा भएको उहाँको भनाइ छ ।

‘पत्रकारको कलम तर्साएर सत्यलाई कैद गर्न सकिँदैन,’ हमालले भन्नुभएको छ ।

लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण भइरहँदा नागरिकहरू मौन बस्न नहुने उहाँले बताउनुभएको छ ।

‘विनाशकाले विपरीत बुद्धि’ भन्दै आफ्नो धारणा सुरु गर्नुभएका हमालले प्रेस स्वतन्त्रताको संरक्षण लोकतन्त्र र नागरिक अधिकारको रक्षासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्नुभएको छ ।

Skip This