१४ चैत्र २०८१, बिहिबार | Fri Mar 28 2025


विश्वकप ट्वेन्टी–२० क्रिकेटमा वेष्ट इंडीजको लगातार दोस्रो जित


0
Shares

काठमाडौं, चैत ८ । भारतमा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा वेष्ट इंडीजले लगातार दोस्रो जित हात पारेको छ ।

पहिलो खेलमा इंग्लण्डलाई पराजित गरेको वेष्ट इंडीजले आइतबार राती सम्पन्न दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले हरायो ।

खेलमा पहिले व्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन मात्रै बनाउन सक्यो ।

जवाफमा १ सय २३ रनको झिनो चुनौती वेष्ट इंडीजले खेलमा १० बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

वेष्ट इंडीजका लागि आन्द्रे फ्लेचरले अविजित ८४ रन जोड्दा आन्द्रे रसेल २० रनमा अविजित रहे । विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आज अष्ट्रेलिया र बंगलादेश भिड्नेछन् ।