क्रिकेटमा भारत र पाकिस्तान बीच आज राती रोमाञ्चक प्रतिस्पर्धा • Image Khabar Image Khabar


क्रिकेटमा भारत र पाकिस्तान बीच आज राती रोमाञ्चक प्रतिस्पर्धा


Imagekhabar
६ चैत्र २०७२, शनिबार ०५:२६

क्रिकेटमा भारत र पाकिस्तान बीच आज राती रोमाञ्चक प्रतिस्पर्धा

काठमाडौं, चैत ६ । आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तान खेल्दैछन् ।

भारतको कोलकत्तास्थित इडन गार्डेनमा हुने बहुप्रतिक्षित खेल बेलुकी पौने आठ बजे सुरु हुनेछ ।

पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको भारतलाई सेमिफाइनल यात्रा तय गर्न पाकिस्तानलाई पराजित गर्नुपर्ने दबाव छ ।

यता पहिलो खेलमा बंगालादेशलाई हराएको पाकिस्तान आज भारतलाई हराउँदै सेमिफाइनल यात्रा बलियो बनाउने सोचमा छ ।

भारतबिरुद्ध खेलिएका विश्वकपका सबै खेल गुमाएको पाकिस्तानले कोलकत्तामा भने सधै जीत दर्ता गर्दै आएको छ ।

यसअघि भारतबिरुद्ध इडन गार्डेनमा खेलिएका चार एकदिवसीय खेलमा पाकिस्तान बिजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्