न्युजिल्याण्ड विश्वकप ट्वेन्टी–२० क्रिकेटको सेमिफाइनलमा प्रवेश • Image Khabar Image Khabar


न्युजिल्याण्ड विश्वकप ट्वेन्टी–२० क्रिकेटको सेमिफाइनलमा प्रवेश


Imagekhabar
१० चैत्र २०७२, बुधबार ०३:५०

न्युजिल्याण्ड विश्वकप ट्वेन्टी–२० क्रिकेटको सेमिफाइनलमा प्रवेश

काठमाडौं, चैत १० । पाकिस्तानलाई हराउँदै न्युजिल्याण्ड विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतमा मंगलबार राति भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई २२ रनले हरायो । खेलमा पहिले व्याटिङ गरेको न्युजिल्याण्डले मार्टिन गप्टीलको ८० रनको मद्दतले १ सय ८० रन बनायो ।

जवाफमा १ सय ८१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानका लागि सर्जिल खानले ४७ रन तथा अमहद शेहजादले ३० रन जोडे । बलिङतर्फ न्युजिल्याण्डका मिचेल स्यान्टनर र एडम मिल्नेले २÷२ विकेट लिए ।

जितसँगै न्युजिल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तीन खेल जितेको न्युजिल्याण्डको ६ अंक छ । पाकिस्तान भने २ अंकका साथ ५ राष्ट्र सम्मिलित समुहको दोस्रो स्थानमा छ ।

विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आज अफ्गानिस्तान र इङ्ल्याण्ड तथा भारत र बंगलादेशबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्