काठमाडौं, मंसिर २ । एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली फुटबल खेलाडीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान गरेका छन् । प्रधानमन्त्रीको निजी सचिवालय बालुवाटारमा विहीबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई सम्मान गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री दाहालले खेलाडीहरुलाई सरकारले घोषणा गरेको जनही तीन लाख नगद पुरस्कार छिट्टै उपलब्ध गराउने…