खाना समयअघि नै शतक बनाउने वार्नर टेस्ट इतिहासकै पाँचौं खेलाडी « Image Khabar


खाना समयअघि नै शतक बनाउने वार्नर टेस्ट इतिहासकै पाँचौं खेलाडी


Imagekhabar
१९ पुष २०७३, मंगलवार १८:२८

सिड्नीमा जारी खेलमा अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै मंगलबार पहिलो दिनको समाप्तीसम्म ३ विकेटको क्षतिमा ३६५ रन बनाइसकेको छ ।

खाना समयअघि नै शतक बनाउने टेस्ट इतिहासकै पाँचौं खेलाडी बन्नेक्रममा डेभिड वार्नरले ११३ रन जोडे । उनले ८२ बलमा शतक पूरा गरेका थिए ।

माट् रेन्शा १६७ रनमा अविजित छन् ।

यसअघिका दुबै खेल हारेर पाकिस्तान शृंखलामा २–० ले पछाडि छ ।

प्रतिक्रिया दिनुहोस्