काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको महान् चाड विजया दशमी, २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु-स्वास्थ्य र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
विजया दशमीका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले दुर्गा भवानीको पूजाअर्चना गरी गुरुपुरोहित तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले यस पर्वको सांस्कृतिक महत्त्व बढाएको उल्लेख गर्नु भएको छ ।
उहाँले विजया दशमीमा मान्यजनप्रति श्रद्धा र सम्मान प्रकट गर्ने मौलिक परम्पराले पारिवारिक आत्मीयता, आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
विजया दशमीको सांस्कृतिक परम्पराले नेपाली समाजमा आपसी सद्भाव र एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उहाँको भनाइ छ ।
राष्ट्रपति पौडेलले विजया दशमी, २०८३ ले सम्पूर्ण नेपालीको सुख, शान्ति र कल्याणका साथै राष्ट्रको स्थायित्व, सुशासन, विकास र समृद्धिका लागि योगदान पुर्याओस् भन्दै नवदुर्गा भवानीसँग प्रार्थनासमेत गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्