१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


नेपाल फेरि भारतसँग स्तब्ध, सेमिफाइनलबाटै बाहिरियो, रेफ्रीका कारण हार्‍यौं : प्रशिक्षक


0
Shares

काठमाडौं, पुस १८ । नेपाल भारतको सिलीगुडीमा जारी चौथो साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ ।

कन्चनजंघा मैदानमा सोमबार भएको सेमिफाइनल खेलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको हो ।

भारतलाई जिताउनेक्रममा कमलादेवी, इन्दूमती र सष्मिता मल्लिकले एक–एक गोल गरे ।

भारतले ४४औं, ५९औं र ८४औं मिनेटमा गोल गरेको हो । भारतका केही प्रहार पोलमा लागेर फर्किएका थिए ।

खेलको ७५औं मिनेटमा सावित्रा भण्डारीले नेपाललाई पेनाल्टीमार्फत् एक गोल दिलाइन् । नेपालले गोलका लागि गरेका थुप्रै प्रयास खेर गए ।

जितसँगै भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

यसअघिका तीनओटै संस्करणको फाइनलमा भारतसँग पराजित हुँदै उपविजेता बनेको नेपाल यसपटक भारतसँग सेमिफाइनलमै भेटिएको हो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’को समूह विजेता बन्दै तथा भारत समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

नेपालले भुटानलाई ८–० ले, माल्दिभ्सलाई ९–० ले तथा श्रीलंकालाई १–० ले हराएको थियो ।

रेफ्रीका कारण हार्‍यौं : प्रशिक्षक

खेलपछि नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुमार थापाले नेपालले च्याम्पियनलेजस्तै खेलेको बताएका छन् ।

रेफ्रीका कारण हारेको बताउँदै थापाले तीनओटा दिनुपर्ने पेनाल्टीलाई रेफ्रीले नदिएको गुनासो गरे ।