Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


जनकपुरलाई हराउँदै सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा


0
Shares

काठमाडौं । जनकपुर बोल्ट्समाथि २७ रनको जित दर्ता गरेपछि सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अंकतालिकामा दोस्रो स्थानमा पुगेको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पूरा गर्न नसक्दा जनकपुरले हार बेहोरेको हो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुर १९।५ ओभरमै समेटिँदै ९३ रनमा अलआउट भयो।

यस नतिजासँगै सुदूरपश्चिमको खातामा आठ अंक पुगेको छ। प्रतियोगितामा छ खेल खेलेको टोलीले चार खेल जित्दा दुई खेलमा पराजय भोगेको छ।

आठ अंक नै रहेको काठमाण्डू गोर्खाज भने नेट रनरेटका आधारमा सुदूरपश्चिमभन्दा अघि छ। जितपछि सुदूरपश्चिमको प्लेअफमा पुग्ने सम्भावना थप मजबुत बनेको छ।

Skip This