Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


मुगुमा भैलो टोली सवार बोलेरो दुर्घटना, पाँच जना घाइते


0
Shares

विरबहादुर बम, मुगु । मुगुको सोरु गाउँपालिकामा भैलो खेल्न गएको टोली सवार बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

मंगलबार दिउँसो करिब १२ः५० बजे सोरु गाउँपालिका–६ स्थित गजेडी झ्यालेखोलाको भित्री कच्ची सडकमा जिप दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार सोरुकोटबाट तारापानीतर्फ जाँदै गरेको बा १८ च ४१८ नम्बरको बोलेरो जिपको अचानक ब्रेक फेल भएपछि सडकको भित्तामा ठोक्किएको थियो।

जिपमा १२ जना सवार रहेकामा पाँच जना घाइते भएका हुन्। दुर्घटनामा सोरु गाउँपालिका–९ कालैका १९ वर्षीय गणेश ऐडी गम्भीर घाइते भएका छन्। उनको टाउको र निधारमा गहिरो चोट लागेको र बोल्नसमेत नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, जिप चालक २९ वर्षीय उपेन्द्र परियार र १६ वर्षीया निर्मला ऐडी मध्यम घाइते भएका छन्। १७ वर्षीया करिस्मा ऐडी र १९ वर्षीय अन्तिम योगीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Skip This