आर्सनल र टोटनह्याम हट्सपर विजयी, चेल्सी शिर्ष स्थानमा « Image Khabar


आर्सनल र टोटनह्याम हट्सपर विजयी, चेल्सी शिर्ष स्थानमा


Imagekhabar
१८ पुष २०७३, सोमबार ०७:२०

आफ्नै मैदानमा भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेसलाई २÷० ले हराएको हो ।

खेलमा आर्सनललाई विजयी गराउन ओलिभर जिरु र अलेक्स ईओबीले एक एक गोल गरे । जितसँगै आर्सनल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

प्रिमियर लिग अन्तर्गत गएराती भएको अर्को खेलमा टोटनह्याम हट्सपरले वाट्फोर्डलाई ४÷१ ले हराएको छ ।

खेलको पहिलो हाफमै टोटनह्यामले चार गोल गरेको हो । टोटनह्यामका लागि ह्यारी केन र डेले अलीले दुई दुई गोल गरेका थिए ।

दोस्रो हाफको ईन्जुरी समयमा वाट्फोर्डका योनुस काबुलले एक सान्तवना गोल फर्काएका हुन् ।

रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ४९ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ ।

४३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहँदा ४० अंकको साथ आर्सनल तेस्रो स्थानमा उक्लिएको छ ।

चौथो स्थानको टोटनह्याम हट्सपरको ३९ अंक छ भने समान ३९ अंक जोडेको म्यान्चेस्टर सिटी पाँचौ स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्