२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


भारतविरुद्ध नेपाललाई कीर्तिमान रच्ने अवसर, ‘गर या मर’को खेल


0
Shares

खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे कन्चनजंघा मैदानमा हुँदैछ । यो खेल जितेर नेपाली महिला टिमले अहिलेसम्मकै ठूलो कीर्तिमान रच्न चाहन्छ ।

नेपाल यसअघिका तीनओटै संस्करणको फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा समेटिएको थियो ।

यो खेल जित्यो भने नेपालले भारतलाई हराएको कीर्तिमान राख्नेछ ।

नेपाल समूह ‘ए’को समूह विजेता बन्दै तथा भारत समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

खेलअघिको ‘प्रिम्याच कन्फ्रेन्स’मा आइतबार बोल्दै नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापाले नेपालको यसपटकको रणनीति सफल भइरहेकाले भारतविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्ने ठोकुवा गरेका छन् ।

उनले भारतीय खेलाडीहरु आक्रमणमा विश्वास गर्ने भएकाले नेपाली डिफेन्डरले बललाई रोक्न सक्नुपर्नेमा जोड दिएका छन् ।

नेपालले समूह चरणमा भुटानलाई ८–० ले, माल्दिभ्सलाई ९–० ले तथा श्रीलंकालाई १–० ले पराजित गरेको थियो ।

नेपालका लागि सावित्रा भण्डारीले प्रतियोगितामा ११ गोल गरिसकेकाले भारतविरुद्ध पनि उनैले गोल बर्साउने अपेक्षा गरिएको छ ।

यो खेलमा पराजित भए अहिलेसम्मकै सफलतामा पूर्णविराम लाग्ने भएकाले पनि भारतविरुद्धको खेल नेपालका लागि ‘गर या मर’कोरुपमा रहेको छ ।

अर्को सेमिफाइनलमा बंगलादेश र माल्दिभ्स भिड्नेछन् ।