
मंगलबार नापियरमा भएको खेलमा पहिले ब्याटिङ गरेको भ्रमणकारी टोली बंगलादेशले ममुल्लाहको ५२ रनको मद्दतले निर्धारित् २० ओभरमा ८ विकेटको क्षतिमा १४१ रन बनायो ।
न्यूजिल्यान्डका लोकी फर्गुसनले ३ विकेट लिए ।
जवाफमा न्यूजिल्यान्डले घरेलु भूमिमा कप्तान केन विलियमसनको अविजित ७३ रनको मद्दतले ४ विकेटको क्षतिमा १८ ओभरमै विजयी लक्ष्य पूरा गर्यो ।
जितसँगै न्यूजिल्यान्डले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्