२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


म्यानचेस्टर युनाईटेड र म्यानचेस्टर सिटी विजयी


0
Shares

जोजे मौरिन्होको प्रशिक्षणमा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई २-० ले हराएको हो ।

म्यान्चेस्टर युनाईटेडका लागि हुँवा माटा र ज्लातन ईब्राहिमोभिचले एक–एक गोल गरे ।

राति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले बर्नलेलाई २-१ ले हरायो । म्यानचेस्टर सिटीको जितमा गेल क्लीसी र सर्जीयो अगुएरोको एक एक गोल सामेल थियो ।

यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुललाई भने सण्डरल्याण्डले २-२ गोलको बराबरीमा रोकेको छ ।

राती एभर्टनले साउथह्याम्पटनलाई ३-० ले हराउँदा वेष्ट ब्रोमले हल सिटीलाई ३-१ ले पाखा लगायो । लेष्टर सिटी र मिडिल्सब्रोले भने गोलरतिह बराबरी खेलेका छन् ।

सोमबार रातीका खेलपछि प्रिमियर लिगको अंक तालिकामा १९ खेलबाट ४९ अंक जोडेको चेल्सी शीर्ष स्थानमा कायमै छ ।

एक खेल बढी खेलेका लिभरपुल ४४ अंकसहित दोस्रो तथा म्यान्चेस्टर सिटी ४२ अंकसहित तेस्रो स्थानमा छन् ।