२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


आठौं मिडिया कप फुटबल पुस २४ गतेदेखि रंगशालामा


0
Shares

दशरथ रंगशालामा हुने खेलको टाइसिट हिजो ड्र गरिएको छ । दुई समूहमा विभाजन गरी खेलाइने खेलको समूह ए मा नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन, एभिन्युज टेलिभिजन र एपी वान टेलिभिजन परेका छन् ।

समूह बी मा ईमेज च्यानल, अन्नपूर्ण पोस्ट दैनिक र रेडियो नेपाल परेका छन् । प्रतियोगिताको लिग खेल २९ गतेसम्म हुने भएको छ भने माघ २ गते सेमिफाइल हुने छ ।

त्यसैगरी फाइनल भने माघ ४ गते हुने आयोजकले जनाएको छ । विजयी टिमलाई ५० हजार र उपविजेतालाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।