Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


कालिङपोङको पोस्टमा झापाको ७ गोल, कर्ण लिम्बू एक्लैले गरे ४ गोल

आइतबार भएको प्रिक्वार्टरफाइनलमा शेयर फुटबल क्लब कालिङपोङ, भारतलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै झापा क्वार्टरफाइनलमा पुगेको हो । झापाको जितमा कर्ण लिम्बू एक्लैले ४ गोल गरे । यस्तै, रञ्जित श्रेष्ठले २ गोल गरे । प्रतियोगिताअन्तर्गत् सोमबार हिमालयन शेर्पा क्लब काठमाडौं र इलाभेन एरोज दुहवी, सुनसरीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।