
नेल्सनमा भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित हासिल गर्र्दै न्यूजिल्यान्डले शृंखला ३-० ले जितेको हो ।
खेलमा पहिले ब्याटिङ गरेको बंगलादेशले ९ विकेटको क्षतिमा २३६ रन बनायो ।
तमिम इक्वालले ५९ रन बनाएको इनिङमा न्यूजिल्यान्डका माट् हेन्री र मिचेल सान्टनरले २–२ विकेट लिए ।
जवाफमा न्यूजिल्यान्डले नेल बु्रमको ९७ तथा ‘म्यान अफ द म्याच’ केन विलियमसनको अविजित ९५ रनको मद्दतले ४१ ओभर २ बलमै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
प्रतिक्रिया दिनुहोस्